आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा शिक्षक पक्राउ

श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरना स्थायी घर भएका शिक्षक आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका छन् ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरना स्थायी घर भएका शिक्षक आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका छन् ।

विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै प्रहरीले मंगलबार शिक्षक मोहनसिंह ऐरीलाई पक्राउ गरेको हो ।

मृतकका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

सोमबार सरस्वती ऐरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । “आत्महत्या दुरुत्साहनअन्तर्गत दिएको किटानी जाहेरीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाएका छौँ”, प्रहरी निरीक्षक चन्दले भने। बेलौरी घर भएका शिक्षक ऐरी कैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन् ।

अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो कार्य गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराए कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकै बेला महिलालाई आत्महत्या गर्न बाध्य पारिएको घटनाको महिला अधिकारकर्मीले भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित: Nov 27, 2019| 03:45 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।