बिहीबार, असार ३२, २०८३

रियल मड्रिड र पिएसजीको बराबरी

च्याम्पियन्स लिगमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- च्याम्पियन्स लिगमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेका छन्।

मंगलबार राति भएको खेलमा रियल र पिएसजीले २-२ गोलको बराबरी खेलेका हुन्।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जेमाले १७ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। दोस्रो हाफको ७९ मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले २-० को अग्रता बनायो । तर, टिमको अग्रता चार मिनेटसम्म पनि टिक्न सकेन । त्यसको चार मिनेटमै पिएसजीले दुई गोल फर्काएपछि रियल पिएसजीसँग अंक बाँड्न बाध्य भयो। पिएसजीका लागि खेलको ८१ औं मिनेटमा किलियन एम्बापेले र ८३ औं मिनेटमा पाब्लो सराविया गोल गरे।

यससँगै दुवै टोली लिगको अन्तिम १६ मा पुगेका छन्।

प्रकाशित: Nov 27, 2019| 02:21 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।