आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २५ किलो सुन भन्सार छलीको अभियोगमा ८ जनाविरुद्ध मुद्दा

२५ किलो सुन भन्सार छलीको अभियोगमा ८ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार छली गरि २५ किलो सुन पैठारी गर्ने तोक्के भोटेसहित ८ जनाविरुद्ध संखुवासभा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं - राजस्व अनुसन्धान विभागले भन्सार छली गरि २५ किलो सुन पैठारी गर्ने तोक्के भोटेसहित ८ जनाविरुद्ध संखुवासभा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले उनीहरुविरुद्ध ३० करोड २६ लाख ५० हजार बिगो दाबी गरेको छ।

विभागले मंगलबार तोक्के भोटे, रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यामा भोटे, सोनाम भोटे र डोमा भोटेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ। तोप्चे, ग्यात्सो र रिञ्जिन भोटे पक्राउ परेका छन् भने अरू फरार रहेको प्रहरीले जनाएको छ।

आठै जनाविरुद्ध विभागले विदेशी मुद्रा अपचलन र सुन चोरी पैठारीको आरोप लगाएको छ। संखुवासभा प्रहरीले तोक्केलाई पाँच किलो सुनसहित पक्राउ गरेको थियो। अनुसन्धान गर्दा अरु व्यक्तिसमेत संलग्न भएको भेटिएको हो। । उनीहरुले एक अर्काको बैंक खाता प्रयोग गरी पहिले पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी-पैठारी गरेको देखिएकाले उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको विभागले जनाएको छ।

 

प्रकाशित: Nov 26, 2019| 14:30 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।