आइतबार, साउन ३१, २०८३

गृहका कर्मचारीको मस्ती: चार महिनामा १०३ विदेश भ्रमण

गृहमन्त्रालयका कर्मचारीहरुले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १०३ वटा विदेश भ्रमण गरेका छन्।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं– गृहमन्त्रालयका कर्मचारीहरुले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १०३ वटा विदेश भ्रमण गरेका छन्।

साउन १ गतेदेखि कार्तिक मसान्तसम्म गृहका ९७ जना कर्मचारीले कुल १०३ पटक विदेश भ्रमण गरेका हुन्।

रोचक त के छ भने एउटै कर्मचारी चार महिनामा चार पटकसम्म वैदेशिक भ्रमणमा गएका छन्।

चार महिनामा चार पटक विदेश भ्रमण गर्नेमा हाल सचिवमा बढुवा भएका गृहका तत्कालीन सहसचिव रामकृष्ण सुवेदी र सहसचिव इन्दु घिमिरे हुन् ।

यसैगरी, महानिर्देशक दिपक काफ्ले र सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले चार महिनामा तीन–तीनवटा वैदेशिक भ्रमण गरेका छन्।

सहसचिव पुष्कर सापकोटा, उपसचिव झंकनाथ ढकाल, उपसचिव वंशीकुमार आचार्य, उपसचिव शम्भूप्रसाद रेग्मी, शाखा अधिकृत तुलसी प्रसाद दाहाल र शाखा अधिकृत शिव कार्कीले चार महिनामा दुई–दुईवटा वैदेशिक भ्रमण गरेका छन्।

गृहमन्त्रालयले सार्वजनिक गरेको पहिलो चौमासिक वैदेशिक कार्यक्रममा सहभागि भएका तथा स्वीकृति पाएका कर्मचारीहरुको विवरण अनुसार सबैभन्दा धेरै भ्रमण गरिएको देश चीन हो ।

गृह मन्त्रालयका कर्मचारीहरुको वैदेशिक भ्रमण तथा आर्थिक खर्चका विषयमा गृहका प्रवक्ता केदारनाथ शर्माले कुनै प्रतिक्रिया दिन चाहेनन्।

प्रकाशित: Nov 26, 2019| 12:33 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।