काठमाडौं– यही मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनका लागि बुधबार मध्य रातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधिमा चुनावको प्रचार–प्रसार गर्न पाइँदैन।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार राति १२ बजेदेखि देशैभर मौन अवधि सुरु हुन्छ ।
आमसञ्चारका माध्यमबाट एक जिल्लाबाट अर्को जिल्लासम्म प्रचारप्रसार हुने भएकोले बुधबार बिहानदेखि नै मौन अवधि सुरु हुनेछ।
श्रेष्ठका अनुसार कर्मचारीलगायतका विषयमा भने स्थानीय तह र जिल्ला अनुसार हुनेछ। मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन।
निर्वाचन आयोगले यसअघि जारी गरेको उपनिर्वाचन आचार संहिता सरकारले उल्लंघन गरेको भन्दै आयोगले ध्यानाकर्षण गराएको थियो ।