आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनअपेक्षाअनुसार काम गर्न नसक्नेले भोट माग्नु लज्जास्पदः सिंह

जनअपेक्षाअनुसार काम गर्न नसक्नेले भोट माग्नु लज्जास्पदः सिंह

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने वर्तमान सरकार पूर्णतया असफल भएको आरोप लगाएका छन्। भक्तपुरको ताथलीमा मंगलबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले दुई तिहाइको आडमा लोकतन्त्र कमजोर बनाउँदै कम्युनिष्ट अतिवाद लाद्न खोजेको आरोप लगाए।

‘विकास बजेटसम्म खर्च गर्न नसक्ने, प्रदेशको राजधानी तोक्न र नामकरण गर्न नसक्ने सरकारबाट जनताले थप के आश गर्नु र ?’ नेता सिंहले प्रश्न गरे। सरकार बनेको दुई वर्ष पुग्न लाग्दा पनि जनअपेक्षा अनुसार माखो मार्न नसक्नेले पुनः मत माग्नु लज्जास्पद भएको उनको टिप्पणी थियो।

राजनीतिक स्थिरता र लोकतान्त्रिक मूल्यमान्यताको सम्वद्र्धन गर्न कांग्रेस बाहेक कसैले नसक्ने भन्दै सिंहले उपचुनावमा कांग्रेसलाई मत दिन मतदातासँग अपिल गरे।

प्रकाशित: Nov 26, 2019| 12:04 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।