काठमाडौं- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मेडिसिटी अस्पतालका चिकित्सक डा. रोहितकुमार झालाई अदालत पेश गरिएको छ।
अनुसन्धानका लागि म्याद थप गर्न उनलाई जिल्ला अदालत, ललितपुर पेश गरिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले बताए।
चेकजाँचको लागि ललितपुरस्थित मेडिसिटी पुगेकी एक बिरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डा. झा सोमबार पक्राउ परेका थिए।
डा. झाले उपचार गर्ने बेला संवेदनशील अंग छोएको बिरामीले जाहेरीमा उल्लेख गरेकी छन्।