आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री ओलीको एपेन्डिक्स अपरेसन सफल

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं– आज बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि एपेन्डिक्सको अपरेसन गरिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सुखद् समाचार भन्दै प्रमको अपरेसनको जानकारी ट्विटरमा सेयर गरेका छन् ।

ओलीलाई आज बिहान सीसीयूमा भर्ना गरिएको थियो । पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो ।

उपचारमा प्रा.डा. अरुण सायमी, प्रा.डा. रमेशसिंह भण्डारी, डा. दिव्या सिंहलगायत संलग्न थिए । एपेन्डिसाइटिस भएमा जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्रीलाई सघन उपचारको व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

प्रकाशित: Nov 26, 2019| 07:24 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।