काठमाडौं- उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारी चालक कारवाहीमा परेका छन्।
महानरीय ट्राफिक प्रहरी कार्यालयले सोमबार काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार दुई सवारी चालकलाई कारवाही गरेको हो। यसमा सबैभन्दा बढी लेन अनुशासन पालना नगर्ने दुई सय ६४ छन्।
यस्तै, फुटपाथमा पार्किङ गर्ने दुई सय ३०, जथाभावी हर्न बजाउने एक सय ९२, मापसे गरी सवारी चलाउने एक सय ४ जना लगायतलाई कारवाही गरेको महाशाखाले जनाएको छ।
स्रोत : महानगरीय ट्राफिक प्रहरी महाशाखा।