बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सेन्ट्रल जोन विजेता नेपाली महिला भलिबल टिमलाई आज सम्मान गरिँदै

सेन्ट्रल जोन विजेता नेपाली महिला भलिबल टिमलाई आज सम्मान गरिँदै

सरकारले एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला भलिबल टिमलाई आज (सोमबार) सम्मान गर्दैछ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं– सरकारले एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला भलिबल टिमलाई आज (सोमबार) सम्मान गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगदसहित सम्मान गर्न लागेका हुन्। सरकारले यसअघि नै उपाधि विजेता खेलाडीलाई जनही तीन लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ।

नेपाली महिला भलिबल टिमले गत कात्तिक २८ मा बंगलादेशमा सम्पन्न प्रतियोगितामा ऐतिहासिक उपाधि जितेको थियो। नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ ले हराएको थियो।

त्यसअघि प्रतियोगिताको लिग चरणको खेलमा नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो।

प्रकाशित: Nov 26, 2019| 03:18 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।