बिहीबार, असार ३२, २०८३

इङ्ल्याण्डविरुद्ध न्युजिल्याण्ड एक पारीसहित ६५ रनले विजयी

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्ड एक पारीसहित ६५ रनले विजयी भएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

एजेन्सी- इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्ड एक पारीसहित ६५ रनले विजयी भएको छ।

इंग्ल्यान्ड दोस्रो इनिङमा ९६.२ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि न्युजिल्यान्ड ६५ रनसहित पारी अन्तरले विजयी भएको हो।

इंग्ल्यान्डका जो डेनली ३५, रोरी बन्र्स ३१, कप्तान जो रुट ११, बेन स्टोक्स २८, जोफ्रा आर्चर ३० रनमा आउट हुँदा साम करन २९ रनमा अभिजित रहे।

न्युजिल्यान्डका निल वाग्ररले ५ विकेट लिए। मिचेल सान्टनारले ३, कोलिन डी ग्रान्डहोम र टिम साउथीले १–१ विकेट लिए।

त्यसअघि न्युजिल्यान्डले २ सय १ ओभरमा ९ विकेट गुमाएर ६१५ सहित पहिलो पारी समाप्तीको घोषणा गरेको थियो।

न्युजिल्यान्डका विकेटकिपर बिजे वाटलिङले २ सय ५ रनको दोहोरो शतकीय इनिङ खेल्दै कीर्तिमान रचे। उनले ४ सय ७३ बलमा २४ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै मिचेल सान्टानरले करिअरकै पहिलो टेष्ट शतक प्रहार गर्दै १ सय २६ रन बनाएका थिए। सान्टनारले २ सय ६९ बलमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए।

कोलिन डी ग्रान्डहोम ६५, ओपनर जित रावल १९, टम लाथम ८, कप्तान केन विलियम्सनलाई ५१, रोश टेलर २५ र हेनरी निकोल ४१ रन बनाए। इंग्ल्यान्डका लागि साम करनले ३, ज्याक लेच र बेन स्टोक्सले समान २ विकेट लिए।

पहिलो पारीमा इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो। जसमा बेन स्टोक्सले सर्वाधिक ९१ रनको योगदान दिएका थिए।

त्यस्तै डेनली ७४, रोरी बन्र्स ५२, ओल्ली पोप २९, जस बटलर ४३, साम करन शून्य र जोफ्रा आर्चर ४ रनमा आउट भए। न्युजिल्यान्डका टिम साउथीले ४, निल वाग्रर ३, कोलिन डी ग्राण्डहोम २ र ट्रेन्ट बोल्टले १ विकेट लिए।

प्रकाशित: Nov 25, 2019| 09:40 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।