आइतबार, साउन ३१, २०८३

बढी शुल्क लिने मेडिकल कलेजलाई होला त कारबाही?

विद्यार्थीहरुसँग उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले मेडिकल कलेज सञ्चालकलाई दिएको समय सोमबार अर्थात आज सकिँदैछ। तर, सञ्चालकहरुले रकम फिर्ता गरेका छैनन् भने फिर्ता गर्ने पक्षमासमेत देखिएका छैनन्।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं - विद्यार्थीहरुसँग उठाइएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले मेडिकल कलेज सञ्चालकलाई दिएको समय सोमबार अर्थात आज सकिँदैछ। तर, सञ्चालकहरुले रकम फिर्ता गरेका छैनन् भने फिर्ता गर्ने पक्षमासमेत देखिएका छैनन्।

सरकारले निर्धारण गरेको शुल्क विपरीत कलेज सञ्चालकहरुले मनोमानी ढंगले रकम असुलेका छन्। बढी शुल्क लिइएको विरोधमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि कलेज सञ्चालकहरुले नै कुटपिट पनि गरेका छन्। तर, यस विषयमा सरकारले ठोस निर्णय लिन सकेको छैन।

सरकारले दिएको समयसीमा सोमबार सकिन लागेपछि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले विभिन्न पक्षसँग छलफल सुरु गरेका छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका डिन तथा अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेका छन्।

सोमबार बेलुकासम्म छलफल सकेर मन्त्रालयले निर्णय लिने तयारी गरेको शर्माले बताए।

प्रकाशित: Nov 25, 2019| 09:14 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।