शुक्रबार, साउन १, २०८३

साग खेलकुद : विभिन्न देशबाट खेलाडीहरु आउने क्रम सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन विभिन्न देशबाट खेलाडीहरु आउने क्रम सुरु भएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन विभिन्न देशबाट खेलाडीहरु आउने क्रम सुरु भएको छ।

मंगलबार बंगलादेशको पुरुष भलिबल टीम काठमाडौं आइपुगेको छ। भलिबलको बुधबार हुने उद्घाटन खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

साग खेलकुदको औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबल भने बुधबार नै सुरु हुनेछ।

त्यस्तै माल्दिभ्स र श्रीलंकाको भलिबल टिम पनि काठमाडौं आइपुगेको छ।

भारत र पाकिस्तान टिम सोमबार साँझसम्म आइपुग्ने जनाइएको छ।

भलिबलमा नेपालसहित, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन्।

पुरुषतर्फ नेपाल रहेको समूहमा बंगलादेश र भारत छ भने अर्को समूहमा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन्।

भलिबलमा महिला र पुरुष तर्फ दुई वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। यसैगरी बिच भलिबल पोखरामा हुने छ।

बिच भलिबलमा पनि महिला र पुरुष गरि २ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Nov 25, 2019| 09:13 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।