आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीको धर्ना, माग पूरा नभए बोलपत्र बहिस्कार गर्ने

प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीको धर्ना, माग पूरा नभए बोलपत्र बहिस्कार गर्ने

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं । म्याद थप, बैंक क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको छ ।

एक घण्टा धर्ना बसेका व्यवसायीहरुले व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौं, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर लगायतका नारा लेखिएको प्ला कार्ड बोकेका थिए ।

माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासंघले जनाएको छ । महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको छ । महासंघका अध्यक्ष रवि सिंहले अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइने जानकारी दिए । निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरुसँग आन्दोलनको विकल्प्प नरहेको अध्यक्ष सिंहको भनाइ थियो ।

आन्दोलन अन्तर्गत महासंघले माइतीघर मण्डलालगायतका सडकमा कालो झण्डा सहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्ग अनुसार चरणबद्ध रुपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्ण रुपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने अध्यक्ष सिंहले जानकारी दिए ।

 

प्रकाशित: Nov 25, 2019| 08:03 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।