काठमाडौं- शुल्क फिर्ता नगरेको भन्दै त्रिचन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कुटपिट गरेका छन्।
विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले सोमबार बिहान कलेज प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका हुन्।
विद्यार्थीको कुटाइबाट घाइते न्यौपानेलाई उपचारका लागि वीर अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।