आइतबार, साउन ३१, २०८३

एक किलो सुनसहित दुई महिला पक्राउ

प्रहरीले रसुवागढी नाकाबाट करिब एक किलोग्राम सुनसहित दुई महिलालाई पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- प्रहरीले रसुवागढी नाकाबाट करिब एक किलोग्राम सुनसहित दुई महिलालाई पक्राउ गरेको छ।

केरुङबाट रसुवागढीतर्फ आउँदै गरेको अवस्थामा नाकामा चेकजाँचका क्रममा सोमबार बिहान ९ बजे ६ सुनका डल्लासहित महिला पक्राउ परेको रसुवाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भोगेन्द्रपुरुष ढकालले जानकारी दिए।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले गोसाइँकुण्ड-१, थुमन बस्ने ३४ र ३९ वर्षीया महिलालाई पक्राउ गरेको उनले जानकारी दिए।

महिलाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

महिलाले पटुकामा बाँधेर सुन भित्र्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याएर नेपाल बैंक लिमिटेडको मेसिनमा तौल गरिने ढकालले जानकारी दिए। सुनसहित महिलालाई राजस्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ।

तस्करले महिलालाई प्रयोग गरी सुन तस्करी गर्ने शैली अपनाउन थालेको प्रहरीको आशंका छ।

प्रकाशित: Nov 25, 2019| 06:32 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।