बिहीबार, असार ३२, २०८३

मराठा अरेबियन्सलाई टी-१० क्रिकेटको उपाधि

युएईमा भएको टी-१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- युएईमा भएको टी-१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ।

आइतबार राति सम्पन्न फाइनलमा उसले डेकन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै अरेबियन्सले उपाधि जितेको हो।

ग्लाडियटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै, क्रिस लिनले १६ तथा नाजिबउल्लाह जाड्रले अविजित १२ रन बनाए।

बलिङतर्फ ग्लाडियटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले समान एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको ग्लाडियटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो। उसका आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन जोडे।

बलिङतर्फ अरेबियन्सका ड्वाने ब्राभोले दुई विकेट लिए।

एजेन्सी

प्रकाशित: Nov 25, 2019| 05:21 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।