आइतबार, साउन ३१, २०८३

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा बिजी निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्।

पोखरामा सोमबार सम्पन्न सातौं महाधिवेशनबाट बिजी अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका प्रत्यासी विष्णु खत्रीलाई ३९ मतअन्तरले पराजित गरे। सोमबार बिहान सार्वजनिक मत परिणामअनुुसार बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याए।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रिता थापामगर निविरोध चयन भएकी छन्। यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा गायिका राधिका हमाल चुनिएकी छन्।

महासचिवमा सुवास केसी निर्विरोध निर्वाचित हुँदा उपमहासचिवमा शंकर बिसी र शिव हमाल चुनिएका छन्। सांगठनिक सचिवमा खुमन अधिकारी तथा महिला सचिवमा जमुना रानामगर निर्विरोध चयन भएका छन्।

कोषाध्यक्षमा भने राजु ढकाल निर्वाचित भएका छन्। उनले कोषाध्यक्षका अर्का प्रत्यासी ताराप्रसाद सुवेदीलाई तीन सय ६५ मतअन्तरले पराजित गरे। ढकालले ७३७ मत पाउँदा सुवेदीले ३७२ मत मात्रै ल्याए। यस्तै, प्रशासनिक सचिवमा कृष्ण रेउले निर्वाचित भएका छन्। उनले प्रत्यासी पुरुषोत्तम थापालाई ६०१ मतले पराजित गरे। रेउलेले ८४६ मत ल्याउँदा थापाले २४५ मत ल्याएका छन्।

सह कोषाध्यक्षमा पूर्णकला बिसी निर्विरोध चुनिँदा ईश्वरीप्रसाद भुसाल निर्वाचित भएका छन्। भुसालले प्रत्यासी घनश्याम रिजाललाई पराजित गरे। भुसालले ६८० र रिजालले ४०६ मत मात्रै पाए।

सचिव (खुला)मा जीवन दाहाल (७८०), रमेशराज भट्टराई (७३३), कुलेन्द्र विश्वकर्मा (६७७), हरि डाँगी (६२६), प्रचण्ड जि.सी. (६०६), वसन्त थापा (५९०) र पुष्कल शर्मा (५७३) निर्वाचित भएका छन्। सात जनाको कोटाका लागि भएको चुनावमा १३ जनाले प्रतिस्पर्धा गरेका थिए।

केन्द्रीय सदस्य (महिला)मा सम्झना लामिछाने मगर (९१२), जानकी तारमी मगर (८६६), अन्जली अधिकारी (८१०), जुना श्रीष मगर (७९८), अमृता लुंगेली मगर (७६१), सरला पाण्डे (७३६) र सीता राना (६३२) विजयी भएका छन्। सात जनाको कोटाका लागि भएको चुनावमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए।

केन्द्रीय सदस्य (खुला)मा देवी घर्ती (१०१४), पिएन सापकोटा (८७१), प्रकाश सपुत (७८५), पुरुषोत्तम भण्डारी (७७९), प्रकाश भट्ट (७५४), याम क्षेत्री (७३१), विमल अधिकारी (७२३), महेन्द्र गौतम (६९९), दीपक गरौजा मगर (६३०), सागर गुरुङ (५६६), विक्रम थापा (५६६) र युवराज मगर (५२८) विर्नाचित भएका छन्। उक्त पदमा २० जनाले प्रतिस्पर्धा भएको थियो।

केन्द्रीय सदस्य (गण्डकी प्रदेश)बाट तारानाथ आचार्य र केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश)बाट नवीनसिंह धामी निर्वाचित भएका छन्। अन्य प्रदेशबाट भने केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन्।

केन्द्रीय सदस्य (विदेश शाखा)बाट दुर्गा पंगेनी निर्वाचित भएका छन्।

एक हजार तीन सय ४८ मतदाता रहेको महाधिवेशनमा एक हजार एक सय ३७ मत खसेको थियो।

महाधिवेशन शुक्रबार सुरु भएको थियो।

प्रकाशित: Nov 25, 2019| 05:03 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।