आइतबार, साउन ३१, २०८३

पोखराका वडाध्यक्षको घरमा बम विस्फोट, गाडीमा क्षति

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको घरमा बम विस्फोट भएको छ ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

कास्की- पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको घरमा बम विस्फोट भएको छ ।

अज्ञात समुहले सोमबार बिहान करिब पौने ३ बजे तिर बम हानेको प्रहरीले जनाएको छ ।

विस्फोटबाट पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा क्षति पुगेको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नं को हाइलक्स गाडीको अगाडीको भाग पुरै क्षतिग्रत भएको गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए ।

कसले र के कारणले विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए । उपनिर्वाचनमा त्रास फैलाउने मनसायले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित: Nov 25, 2019| 03:02 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।