काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलाइसिस गरिएको छ ।
धापासीस्थित ग्राण्डी अस्पतालमा पुगेर उनले डायलाइसिस गराएका हुन् । उनी आइतबार अपरान्ह ४ बजे अस्पताल भर्ना भएका थिए ।
डायलासिसपछि आइतबार बेलुका नै प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार आएको उनका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा क्रिटिनिनको मात्रा बढेको देखिए पनि हेमोडायलासिस गरिएको हो । आइतबार गरिएको स्वास्थ्य परीक्षणमा ओलीको रगतमा क्रिटिनिनको मात्रा ६ पुगेको छ ।
२६ दिनको बीचमा प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस गरिएको हो। डायलाइसिस प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
यद्यपी आज (सोमबार) आराम गर्न उनीहरुले सुझाएका छन् । प्रधानमन्त्रीले आज सकेसम्म बालुवाटार बाहिरका कार्यक्रममा सहभागी नहुने तयारी गरेका छन् ।
तेस्रो पटक डायलासिस गराएका प्रधानमन्त्रीलाई चिकित्सकहरुले भने यो उत्तम विकल्प नभएको भन्दै मृगौला प्रत्यारोपण गर्न सुझाव दिदैँ आएका छन् । चिकित्सकहरुले नेपालमै सहजै रुपमा मृगौला प्रत्यारोपण गर्न सकिने बताएका छन् ।