आइतबार, साउन ३१, २०८३

उपनिर्वाचनका लागि मत पत्र पुगे

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको छ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको छ।

मतपत्र र मतदाता परिचयपत्रलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो। सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरेको थियो।

उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ। रासस

प्रकाशित: Nov 24, 2019| 14:49 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।