आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रानी–धरान ६ लेन सडकमा एकरुपता ल्याउन मुख्यमन्त्रीसँग माग

रानी–धरान ६ लेन सडकमा एकरुपता ल्याउन मुख्यमन्त्रीसँग माग

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

इटहरी । चीन र भारत जोड्ने रानी–धरान ६ लेन सडक अन्तर्गतको इटहरी खण्डमा निर्माणाधिन सडक मापदण्डविपरीत भएको भन्दै संघर्ष समितिले प्रदेश एक सरकारको ध्यानाकर्षण गराएको छ । इटहरीमा रहेका सक्रिय युवाहरुले संघर्ष समिति बनाई राजमार्ग साँघुरो बनाएको विषयमा विरोध गर्दै आएका छन् भने स्थानीय सरकारदेखि सडक आयोजनाको कार्यालयसम्म पुगी ध्यानाकर्षण गराएका छन् ।

समितिका संयोजक मदन चुुँडालले भारत–चीन जोड्ने बहुुप्रतिक्षित व्यापारिक सडकलाई केहि व्यक्तिको अग्रसरतामा साँघुुरो बनाउने प्रपञ्ज रचिएको भन्दै प्रदेश सरकारको गम्भिर ध्यानाकर्षणका लागि आग्रह गरे । ‘राष्ट्रिय राजमार्ग जस्तो सडक चौडा बनाउने काम मनपरी गरिएको छ,’ उनले भने, ‘दीर्घकालिन महत्वको विषयमा तीनै तहको सरकारको निष्क्रियताप्रति जनताले प्रश्न उठाइरहेका छन् ।’

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शेरधन राईले ६ लेन सडकको डिपिआरमै समस्या आएकाले सडकको विभिन्न भागको मापदण्ड फरक हुन पुुगेको जानकारी दिए । उनले इटहरी क्षेत्रको विवादको बारेमा भने सडक आयोजनासँग तुरुन्त जवाफ माग्ने बताए । उनले भने, ‘इटहरी क्षेत्रको बारेमा कहाँ समस्या भएको छ म जानकारी लिन्छु ।’

२०६८–०६९ को आर्थिक वर्षबाट शुरु भएको रानी–धरान ६ लेन सडकको जम्मा लम्वाइ ४९ किलोमिटर रहेको छ । भारतको जोगवनी र चीनको किमाथांका क्षेत्र जोड्ने यो सडक त्रिदेशीय महत्वको सडक हो ।

प्रकाशित: Nov 24, 2019| 11:17 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।