आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली निकट अन्सारीको पक्राउको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

ओली निकट अन्सारीको पक्राउको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धि अन्सारीलाई पक्राउ गर्न सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले वीरगंजमा प्रदर्शन गरेको छ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

वीरगंज- नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धि अन्सारीलाई पक्राउ गर्न सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले वीरगंजमा प्रदर्शन गरेको छ।

अन्सारी प्रधानमन्त्री केपी शर्मा ओलीका निकट व्यक्ति हुन्।

उनले सञ्चालन गरेको मेडिकल कलेजले विद्यार्थीबाट सरकारले तोकेको भन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी असुलेको भन्दै विद्यार्थी लामो समयदेखि आन्दोलनमा छन्।

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आइतबार अनेरास्ववियुले प्रदर्शन गरेको हो।

आफूहरुले गरेको आन्दोलन दबाउन नेशनल मेडिकल कलेजले गुण्डाहरु परिचालन गरेको विद्यार्थीले बताएका थिए।

सरकारले यसअघि मेडिकल कलेजलाई तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता लिन सोमबारसम्मको समयसीमा दिएको थियो।

समय सीमाभित्र फिर्ता नलिए ठगीको मुद्दा चलाउने चेतावनी दिए पनि अन्सार प्रधानमन्त्री ओली निकटका व्यक्ति भएकाले उनले अटेरी गर्दै आएका छन्।

यता चितवनको चितवन मेडिकल कलेजका विद्यार्थी पनि शुल्क फिर्ताको माग गर्दै प्रदर्शनमा छन्।

प्रकाशित: Nov 24, 2019| 09:58 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।