आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त)बीच चुनावी तालमेल

भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त)बीच चुनावी तालमेल

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं– आशन्न उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपा (संयुक्त) बीच चुनावी तालमेल भएको छ। भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र क मा चुनावी तालमेल भएको कांग्रेसले जनाएको छ।

प्रदेश सभा सदस्यको उक्त सिटमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा राप्रपा (संयुक्त)ले कांग्रेस उम्मेदवार कृष्ण भडेललाई सघाउने सहमति भएको कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जनाएका छन्।

तालमेलबारेको घोषणा आजै गर्ने तयारी भएको थापाले जनाए। यसअघि राप्रपा (संयुक्त)का उम्मेदवार रामशरण लामिछानेको उम्मेदावरी खारेज भएको थियो।

प्रकाशित: Nov 24, 2019| 09:19 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।