शुक्रबार, साउन १, २०८३

बंगलादेशविरुद्धको टेष्ट भारतद्वारा क्लीन स्वीप

बंगलादेशविरुद्धको डे नाइट टेस्ट क्रिकेट भारतले क्लीन स्वीप गरेको छ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

एजेन्सी- बंगलादेशविरुद्धको डे नाइट टेस्ट क्रिकेट भारतले क्लीन स्वीप गरेको छ।

कोलकाताको ईडन गाडेन्समा भएको खेलमा भारतले आइतबार बंगलादेशलाई पारी र ४६ रनले पराजित गरेको हो।

टिम इन्डियाले दुई टेस्टको सिरिजमा २–० को जित निकाल्यो।

भारतका लागि उमेश यादवले ५ तथा इशान्त शर्माले ४ विकेट लिए।

बंगलादेशका मुश्फिकुर रहीमले ७४ रनको पारी खेले।

यसअघि भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा पारी र १३० रनले पराजित गरेको थियो।

यसअघि भारतीय टीमले आफ्नो पहिलो पारी ९ विकेट गुमाएर ३४७ रनमा अन्त्य गरेको थियो।

बंगलादेशको टीम पहिलो पारीमा १०६ र दोस्रो पारीमा १९५ रनमा अलआउट भएको थियो।

यो टेस्टमा इशान्तले ९ विकेट लिए। उनले दोस्रो पारीमा बंगलादेशका शादमान इस्लाम (०), इमरुल कायेस (५), मोमिनुल हक (०) र मेहदी हसन (१५) आउट गरे।

बंगलादेश र भारतबीच अहिलेसम्म ११ वटा टेस्ट म्याच भएका छन्। जसमा भारतले ९ वटामा जित निकालेको छ। बाँकी २ वटा खेल बराबरी भएका छन्।

आफ्नो पारीमा बंगलादेशका ४ जना ब्याट्सम्यान शुन्य रनमा आउट भए भने २ जना १ रन बनाएर पेभिलियन फर्किए।

दोस्रो पारीमा तीन जना तीन जना ब्याट्सम्यान शुन्य रनमा आउट भए।

प्रकाशित: Nov 24, 2019| 08:55 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।