आइतबार, साउन ३१, २०८३

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

ललितपुर । महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताइन् ।

नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “यस कार्यक्रमले विशेष गरी महिलाका अधिकार, कर्तव्य र दायित्वबोध गराउने छ ।”

आजदेखि मङ्सिर २४ गतेसम्म चल्ने सो अभियानमा नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविका, महिला सदस्य, विद्यालयमा अध्ययनरत बालबालिकालाई महिला अभिमुखीकरणलगायत सकारात्मक सोच र आत्मरक्षाको तालीम पनि दिइने कार्यक्रम छ ।

रासस

प्रकाशित: Nov 24, 2019| 08:47 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।