आइतबार, साउन ३१, २०८३

जनता बैंकले १२ प्रतिशत लाभांश दिने

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५–०७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीलाई १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार ३१० रुपैयाँबराबरको लाभांश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश हुनेछ ।

साधारणसभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता सेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

सेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।

प्रकाशित: Nov 24, 2019| 07:03 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्