आइतबार, साउन ३१, २०८३

बाल्टीमा डुबेर एक शिशुको मृत्यु

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

कैलाली । बाल्टीको पानीमा डुबेर कैलालीमा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–८ का प्रेम तिमल्सिना र राधिका तिमल्सिनाकी १५ महिनाकी छोरी गरिमा तिमल्सिना रहेकी छिन् ।

गरिमाको बाल्टीमा डुबेर मृत्यु भएको खबर शनिबार राति थाहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सासुससुरासँग झगडा परेपछि गरिमाकी आमा राधिका १५ महिनाकी छोरीलाई घरमै छोडेर माईती घर गएकी थिईन् ।

प्रकाशित: Nov 24, 2019| 06:45 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।