आइतबार, साउन ३१, २०८३

'लाइसेन्स' लिएका हतियार पनि बुझाउन गृहको आह्वान

गृह मन्त्रालयले लाइलेन्स लिएर प्रयोग गरिएका हतियार पनि बुझाउन सर्वसाधरणलाई आह्वान गरेको छ । मंसिर १४ गते ...
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- गृह मन्त्रालयले लाइलेन्स लिएर प्रयोग गरिएका हतियार पनि बुझाउन सर्वसाधरणलाई आह्वान गरेको छ ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचलाई लक्षित गरि गृहले हतियार बुझाइदिन आह्वान गरेको हो । गृहले एक विज्ञप्ति जारी गर्दै यहि मंसिर १० गतेभित्र सबैहतियार बुझाउन भनेको छ।

गृहले निकालेको विज्ञप्तिमा भनिएको छ– 'आगामी मंसिर १४ गते देशका विभिन्न ३७ जिल्लाहरुमा हुन गइरहेको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम उक्त जिल्लाका विभिन्न व्यक्तिहरुसँग रहेको इजाजत प्राप्त हातहतियारहरु यहि मंसिर १० गते भित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने गृहका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित: Nov 24, 2019| 05:09 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।