आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफूखुसी नगर्न प्रदेश सरकारलाई नेकपा कर्णालीका नेताहरुको चेतावनी

आफूखुसी नगर्न प्रदेश सरकारलाई नेकपा कर्णालीका नेताहरुको चेतावनी

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

सुर्खेत- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका जिल्ला नेताहरुले आफूखुसी नगर्न प्रदेश सरकारलाई चेतावनी दिएका छन् ।

सरकार र सांसदहरु पार्टीभन्दा माथि हुन खोजेको भन्दै नेकपा जिल्ला कमिटीका नेताहरुले आफ्नै दलको सरकार र सांसदविरुद्ध चर्को आलोचना गरेका हुन् ।

सरकार र सांसदहरु तत्काल नसच्चिए पार्टीको भविष्य नै खतरामा पर्ने भन्दै उनीहरुले सजग रहन भनेका हुन् । प्रदेश सरकारले कर्णालीका नेकपाका जिल्ला अध्यक्ष, सचिव र इन्चार्जसँग शनिबार राति र आइतबार बिहान छलफल गरेर सुझाव मागेको थियो ।

सुझाव संकलनका लागि आयोजना गरिएको कार्यक्रममा नेकपाका जिल्ला नेताहरुले सरकार र सांसदहरुप्रति तीव्र असन्तुष्टि पोखेका हुन् । नेकपाका जिल्ला नेताहरुले पार्टीको निर्देशन र सुझावलाई लत्याएर अगाडि बढे सरकार र सांसदहरुको बाँकी राजनीतिक जीवन नै धरापमा पर्ने चेतावनी दिए ।

छलफलमा नेकपाका जिल्ला नेताहरुले प्रदेश सरकारले टुक्रे योजनाहरु ल्याएको, जिल्ला नेतृत्वसँग समन्वय नै नगरेको, सांसदहरु मोटाउने गरी योजना पारेको र मन्त्रीहरुले पार्टीको मूल नीति र कार्ययोजना भुलेको भन्दै सरकारको चर्को आलोचना गरे ।

सांसदहरुले पार्टीको फरक गुटका नेता कार्यकर्ता भएको ठाउँमा विकासका आयोजनाहरुमा विभेद गरेको, मन्त्रालयका योजनाहरुमा चरम बेथिति देखिएको भन्दै यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन् ।

प्रदेशमा बहुमतको सरकार हुँदा पनि पार्टीसँग समन्वय नगर्दा जनतामा वितृष्णा बढेको र जिल्लामा पार्टीको उचाइ घट्दै गएको नेताहरुको भनाइ थियो । ‘काम गर्ने वातावरण हुँदाहुँदै पनि सरकारले पार्टीको नीति विपरीत मनोमानी गरेको गुनासो धेरै साथीहरुबाट आयो,’ नेकपा सल्यानका सचिव कर्णबहादुर बुढाथोकीले भने, ‘समन्वय विनै सरकार हिँड्दा पार्टी नै आलोचनाको शिकार बनेको छ ।’

प्रतिपक्षभन्दा आफ्नै कार्यकर्ताले सरकारको बढी आलोचना गरिरहेको प्रसंग पनि बैठकमा उठेको उनले जनाए । जनताको भावनालाई जित्ने गरी जिल्ला नेतृत्वसँग समन्वय गर्न उनीहरुले सुझाएका थिए ।

बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कृषि व्यवस्था, भूमि तथा सहकारी मन्त्री विमला केसी तथा नेकपाका जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरु सहभागी थिए ।

सांसदको मनोमानी रोक्न माग

नेकपाका जिल्ला नेताहरुले प्रदेश सांसदहरुको मनोमानी रोक्नसमेत प्रदेश सरकारलाई आग्रह गरेका छन् । सांसदहरुले प्रदेशबाट योजना छनौट गर्दा आफूलाई फाइदा हुने क्षेत्रमा मात्र बजेट हालेको जिल्ला नेताहरुको आरोप छ ।

‘नेता कार्यकर्ताहरुले चुनाव जिताउँछन्, तर जितेपछि सांसदहरुले धरातल भुले । आफूलाई फाइदा हुने क्षेत्रमा मात्रै योजना हाल्छन्,’ छलफलमा सहभागी नेकपा सल्यानका सचिव बुढाथोकीले भने, ‘सांसदको मनोमानी रोक्न हामीले सरकारलाई निर्देशन दिएका छौं ।’

निर्वाचन क्षेत्रमा बजेट पर्दा सांसदहरुको मनोमानीले गर्दा पार्टीप्रति जनताको आकर्षण घटेको उनको भनाइ छ । ‘चुनावमा जनतासँग एउटा बाचा गरिएको छ, तर सांसदले आफू र आफ्ना नातेदारलाई मोटाउने गरी बजेट हाल्छन्,’ नेकपाका अर्को एक जिल्लाका सचिवले भने, ‘जनतालाई निराश बनाउने र सांसदहरु मोटाउने प्रवृतिको अन्त्य गर्न सरकारसँग माग गरेका छौ ।’

विकास निर्माणका आयोजनाहरुमा जिल्लाकै सांसदहरुले पार्टी नेतृत्वसँग समन्वय नगर्दा जनतामा निरासा पैदा भएको नेकपाका जिल्ला नेताहरुको भनाइ छ ।

टुक्रे योजना रोक

यस्तै नेकपाका जिल्ला नेताहरुले प्रदेश सरकारलाई टुक्रे योजना रोक्न सुझाव दिएका छन् । सरकारले नीति तथा कार्यक्रम बनाउँदा बढीभन्दा बढी लक्षित वर्गलाई केन्द्रीत गर्न र टुक्रे योजनामा बजेट नछर्न उनीहरुले सुझाए ।

‘प्रदेशको विकासका लागि सरकारसँग योजना आयोग छ, तर सरकारले भने टुक्रे आयोजना मात्रै ल्याउँछ,’ छलफलमा सहभागी नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले भने, ‘टुक्रे योजनाले प्रदेशको विकास हुँदैन, हामीले दीर्घकालिन योजनासहितका कार्यक्रममा मात्रै बजेट हाल्न भनेका छौंँ ।’

सरकारमा सहभागी प्रतिनिधिहरुले आफूलाई फाइदा पुग्ने गरी टुक्रे योजनाहरुमा बजेट हाल्दा विकासले गति लिन नसकेको उनको भनाइ छ । ‘साना योजनामा बजेट खर्च हुन्छ, तर देखिने विकास हुँदैन,’ उनले थपे, ‘पार्टीको कार्यायोजना र नीति निर्देशनमा रहेर सरकारमा सहभागी प्रतिनिधिले विकासको खाका ल्याउन् भन्ने हाम्रो चाहना हो ।’

सरकारका प्रतिनिधिहरुले पार्टीको कार्यनीतिलाई असर नपर्नेगरी काम गर्नुपर्ने, आफन्तलाई केन्द्रित गरी योजना छनौट गर्ने प्रक्रिया रोक्नुपर्ने लगायतका सुझाव दिएको जिसीले जानकारी दिए ।

तीनवटै सरकारबीच समन्वय गर

विकास निर्माण गर्दा तीनवटै सरकारबीच देखिएको मतभेद हटाएर एक आपसमा समन्वय गर्न समेत नेकपाका नेताहरुले सुझाव दिएका छन् ।

तीन तहका सरकारमा नेकपाको नेतृत्व रहँदा पनि आफूखुशी विकासका योजना बनाउने गरेको भन्दै प्रदेश सरकारले त्यसको समन्वय गर्नुपर्ने उनीहरुको माग छ । सरकारबीच समन्वय नहुँदा स्थानीय सरकार प्रमुख, सांसद र मन्त्रीको क्षेत्रमा मात्रै ठूला विकास आयोजनाहरु परेको सहभागीहरुको भनाइ थियो ।

बेथिति रोक्न मन्त्रीलाई आग्रह
त्यस्तै कर्णाली प्रदेशका मन्त्रीहरुलाई सच्चिन नेकपाका नेताहरुले आग्रह गरेका छन् । सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय र पर्यटन मन्त्रालयका योजनामा चरम बेथिति देखिएकोे भन्दै सम्बन्धित मन्त्रीहरुलाई सच्चिन सुझाव दिइएको हो ।

‘कृषि अनुदानको बजेट, डिजिटल विद्यालय कार्यक्रम र पर्यटकीय पदमार्ग लगायतका योजनामा चरम बेथिति छ,’ नेकपाका जिल्ला नेताहरुको भनाइ थियो, ‘यस्ता कार्यक्रमले पार्टीबारे नराम्रो प्रचार भयो, सम्बन्धित मन्त्रीले ध्यान दिनुपर्यो ।’

त्यस्तै कर्णाली प्रदेशका मन्त्रीहरुलाई सच्चिन नेकपाका नेताहरुले आग्रह गरेका छन् । सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय र पर्यटन मन्त्रालयका योजनामा चरम बेथिति देखिएकोे भन्दै सम्बन्धित मन्त्रीहरुलाई सच्चिन सुझाव दिइएको हो ।

‘कृषि अनुदानको बजेट, डिजिटल विद्यालय कार्यक्रम र पर्यटकीय पदमार्ग लगायतका योजनामा चरम बेथिति छ,’ नेकपाका जिल्ला नेताहरुको भनाइ थियो, ‘यस्ता कार्यक्रमले पार्टीबारे नराम्रो प्रचार भयो, सम्बन्धित मन्त्रीले ध्यान दिनुपर्यो ।’

प्रकाशित: Nov 24, 2019| 04:59 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।