काठमाडौं– सत्तारुढ समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त सरकारको मूल्यमान्यता र संस्कृति विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाएको छ। पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले सत्ता साझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठनप्रति गम्भीर असहमति प्रकट गरेको हो ।
असहमत भएका विषय र पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेको समाजवादीले जनाएको छ । वार्ता समितिमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ छन् ।