आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई कांग्रेसको प्रश्न, ‘भ्रष्टाचारमा क्रान्तिकारी छलाङ गरेको हो ?’

सरकारलाई कांग्रेसको प्रश्न, ‘भ्रष्टाचारमा क्रान्तिकारी छलाङ गरेको हो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ‘भ्रष्टाचारमा क्रान्तिकारी छलाङ गरेको हो ?’ भन्ने प्रश्न गरेको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ‘भ्रष्टाचारमा क्रान्तिकारी छलाङ गरेको हो ?’ भन्ने प्रश्न गरेको छ।

उप निर्वाचनको प्रचारप्रसारमा रहेको बेला कांग्रेसले सरकारलाई प्रतिनिधिमुलक प्रश्न भन्दै विभिन्न भ्रष्टाचार काण्डमा सरकारले छानबिन नगरेको आरोप लगाएको हो।

कांग्रेसले प्रश्न गरेको छ, ‘वाइड बडी जहाज खरिदमा भएको भ्रस्टाचार, वालुवाटार जग्गा काण्ड लगायतका प्रकरणमा सरकारको भ्रस्टाचारमा शुन्य सहनशीलताको नारा शून्य सफलता तर्फ उन्मुख हुनु राज्यको शासकीय अयोग्यता कि संस्थागत भ्रस्टाचारको क्रान्तिकारी छलाङ ?’

उप निर्वाचनका लागि प्रचारप्रसारको जम्मा पाँच दिन बाँकी रहेका बेला सरकारलाई पाँचवटै प्रश्न सोध्ने तयारीस्वरुप शनिबार कांग्रेसले उक्त प्रश्न गरेको हो।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा प्रचारप्रसारका बाँकी दिनमा पनि सरकारलाई निरन्तर प्रश्न सोध्ने जनाइएको छ।

कांग्रेसले केही दिनअघि सरकारका २१ महिनामा २१ वटा काण्ड गरेको आरोप लगाएको थियो।

प्रकाशित: Nov 23, 2019| 12:23 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।