आइतबार, साउन ३१, २०८३

काठमाडौंमा सीके राउतको शक्ति प्रदर्शन

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं- डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

‘रंगभेद विरुद्धको एकता’ दिवसको अवसरमा डा.राउतले काठमाडौंमा शक्ति प्रदर्शन गरेका हुन्।

प्रत्येक वर्ष मंसिर १० गते मनाइने रंगभेदविरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस वर्ष सात गते नै मनाइएको छ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपमा कार्यक्रमको आयोजना गरिएको थियो।

गौशला, महाराजगंज र कृतिपुरबाट झाँकीसहितको र्‍याली भृकुटी मण्डप गएका थिए।

यसअघि कुनै पनि मधेशी दलले काठमाडौंमा खुल्ला कार्यक्रम राखेका थिएनन्।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले मधेशी, थारु, आदिवासी जनजातिसँग भइरहेको रंगभेद अन्त्य गर्नु पर्ने बताए।

आफूहरुले नेपालमा समान अधिकार मात्र मागेको राउतले दाबी गरे।

राष्ट्रघाती कार्यहरु नेकपा र कांग्रेसले गरेको इतिहास सुनाउँदै डा.राउतले काठमाडौंको स्थापना मधेशीले नै गरेको दाबी गरे।

प्रकाशित: Nov 23, 2019| 12:02 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।