बिहीबार, असार ३२, २०८३

पाकिस्तानलाई एसीसी इमर्जिङ कपको उपाधि

पाकिस्तानले एसीसी इमर्जिङ टिम्स कपको उपाधि जितेको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं- पाकिस्तानले एसीसी इमर्जिङ टिम्स कपको उपाधि जितेको छ।

शनिबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनलमा उसले आयोजक बंगलादेशलाई ७७ रनले पराजित गर्यो।

पाकिस्तानले दिएको तीन सय दुई रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४३.३ ओभरमा दुई सय २४ रनमा अलआउट भयो। बंगलादेशका आफिफ हसनले सर्वाधिक ४९ रन जोडे। यस्तै कप्तान नाज्मुलहोसेन सान्तोले ४६, मेहदी हसनले ४२, यासिर अलिले २२, मोहमद नैइमले १६, सौम्य सरकारले १५ रनको इनिङ खेले।

बलिङतर्फ पाकिस्तानका मोहमद हस्नैनले तीन तथा खुस्दिल शाह र सैफ बदरले समान दुई विकेट हात पारे। यस्तै, समीम गुल, अमद बुट र उमेर खानले समान एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो। उसका रोहैल नजिरले १ सय १३ रनको शतकीय पारी खेले। यस्तै इमरान रफिकले ६२ रनको अर्धशतकीय पारी खेले। यस्तै, कप्तान आउद सखिलेले ४२, खुस्दिलले २७, हेडर अलीले २६ र अमदले १५ रनको योगदान गरे।

बंगलादेशका सुमो खानले तीन तथा हसन महमुदले दुई विकेट हात पारे।

यसअघि सेमिफाइनलमा पाकिस्तानले भारतलाई र बंगलादेशले अफगानिस्तानलाई हराएको थियो।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, ओमान र हङकङ सहभागी थिए। प्रतियोगितामा टेस्ट राष्ट्रका यु-२३ टिम सहभागी थिए।

 

प्रकाशित: Nov 23, 2019| 11:54 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।