आइतबार, साउन ३१, २०८३

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

कञ्चनपुरमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

धनगढी - कञ्चनपुरमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-२ बन्दी नदी नजिकै गएराति नम्बर नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३० वर्षीय रामबहादुर रोकायाको मृत्यु भएको हो।

कृष्णपुरमा काकाको घरमा बस्दै आएका रोकायाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। यस्तै सोही गाडीको ठक्करबाट अर्का पैदल यात्री महाकाली नगरपालिका-२ का रामबहादुर ठगुन्ना पनि घाइते भएका छन्। उनको वाणीस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच स्थानीयले मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग गर्दै केही समय राजमार्ग अवरुद्ध पारेका थिए। अहिले भने राजमार्ग सूचारु भएको र मागका विषयमा छलफल भइरहेको छ। सहमति नभए फेरि राजमार्ग अवरुद्ध पार्ने चेतावनी स्थानीयले दिएका छन्।

प्रकाशित: Nov 23, 2019| 06:25 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।