आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्रोतसाधन अभावमा निरीह ट्राफिक, नियम मिच्दै सवारीसाधन

स्रोतसाधन अभावमा निरीह ट्राफिक, नियम मिच्दै सवारीसाधन

केहीदिन अघि जनकपुरको भानु चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा धनुषाको धनौजी गाउँपालिका-१ लखौरी बस्ने २१ वर्षीय फिरदोस राईनको मृत्यु भयो।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

जनकपुरधाम - केहीदिन अघि जनकपुरको भानु चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा धनुषाको धनौजी गाउँपालिका-१ लखौरी बस्ने २१ वर्षीय फिरदोस राईनको मृत्यु भयो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए। मोटरसाइकल सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

त्यसको केहीदिन अघि जनकपुरकै भैरवचोकमा एक मोटरसाइकलले प्रहरी भ्यानमा ठक्कर दियो। दुर्घटनामा गम्भीर घाइते भएका धनौजी गाउँपालिकाकै कटैया बस्ने १८ वर्षीय मनिष मण्डलको ज्यान गयो । मोटरसाइकलको पछिल्लो सिटमा बसेका १६ वर्षीय नजीरुल अन्सारी घाइते भए।

मोटरसाइकल दुर्घटनामा परेर मनिषको ज्यान गएकै दिन जनकपुरको जिरोमाइल नजिक ट्रिपरले एक पैदलयात्रीलाई ठक्कर दियो। पैदलयात्री महोत्तरीको बथनाहा बस्ने संजीवकुमार झाको घटनास्थमै मृत्यु भयो।

यि सबै घटनाको एउटै कारण थियो तीव्र गती। तीव्र गतिका कारण पटक–पटक दुर्घटना भइरहँदासमेत ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न सकिरहेको छैन्। यसका साथै सडक नियम मिचेर सवारीसाधन गुडिरहेपनि ट्राफिक प्रहरी मुकदर्शक बनेका छन्। ट्राफिक प्रहरीले ‘नो पार्किङ’ मा ठड्याइएको सवारीसाधन बाहेकलाई कारबाही गर्न नसकेको स्थानीयको आरोप छ।

धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरे तीव्र गतिले सवारीसाधन चलाउनु नियम विपरित रहेपनि नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताउँछन्। स्रोतसाधन र जनशक्तिको अभाव रहेकोले तीव्र गतिमा चलाइने सवारी तत्काल नियन्त्रण गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘तीव्र गतिमा सवारीसाधन गुडेको हामीले पनि देखेका छौं। त्यो ट्राफिक नियम विपरित हो,’ उनले भने,‘तर हामी नियन्त्रण गर्न सकिरहेका छैनौं। त्यसको एकमात्र कारण स्रोतसाधनको अभाव हो।’, उनले भने।

‘एउटा प्वाइन्टबाट कटिसकेपछि अर्को प्वाइन्टलाई खबर गराउन हामीसँग साधन छैन,’ घिमिरे भन्छन्,‘धनुषा ट्राफिकसँग जम्मा १० थान वाकीटकी सेट छ, त्यसमा पनि कतिपय बिग्री सकेको छ, एकतर्फी कुरामात्र हुन्छ। कसरी नियन्त्रणगर्ने?’

जनकपुरको जानकीचोक, भानुचोक, रामानन्दचोक र आफूसँग गरी जम्मा चारथान ‘वाकीटकी’ ले धान्नु परेको उनले दुखेसो पोखे।

घिमिरेले आफूहरुसँग ‘राडार गन’ उपलब्ध नभएकोले पनि तीव्र गतिमा गुड्ने सवारीसाधन नियन्त्रण गर्न नसकिएको बताए। धनुषा जिल्लाको लागि ट्राफिक प्रहरीसँग एकथान ‘राडार गन’मात्र रहेको उनले बताए।

धनुषा ट्राफिकसँग जनशक्तिकोसमेत अभाव छ। सवारी साधनको संख्या बढेपनि यहाँ २०५६ सालको दरबन्दीपछि ट्राफिक प्रहरी थप हुन सकेको छैन्। धनुषा जिल्लामा कुल ५० जनामात्र ट्राफिक प्रहरी रहेकोमा ३० जना जनकपुरमा खटिएका छन्।

प्रकाशित: Nov 23, 2019| 04:47 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।