बिहीबार, असार ३२, २०८३

'साग' क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेल तालिकाअनुसार त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेल श्रीलंकाको यू-२३ टोलीसँग मंसिर १७ गते अर्थात डिसेम्बर ३ तारिखमा खेल्नेछ।

यस्तै डिसेम्बर ५ मा भुटान, ६ मा माल्दिभ्स र ७ तारिखमा बंगलादेशसँग खेल्नेछ।

सागको पुरुष क्रिकेटमा पाकिस्तान र भारतबाहेक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहको छ। टेस्ट राष्ट्र बंगलादेश र श्रीलंकाको यू-२३ टिम र बाँकी देशको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुनेछ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको समूहको शीर्ष दुईमा रहने टोलीहरू फाइनल खेल्नेछन्।

प्रकाशित: Nov 23, 2019| 03:43 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।