आइतबार, साउन ३१, २०८३

उच्च अदालतद्वारा महरालाई थुनामा पठाउनुको कारण माग

उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

ललितपुर- उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले शुक्रबार निवर्तमान सभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउनुका कारणबारे कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

निवर्तमान सभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाउँ भन्ने आग्रहसहित निवेदन बिहीबार दर्ता गरेका थिए ।

प्रतिवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको हो । रासस

प्रकाशित: Nov 22, 2019| 14:33 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।