आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको अभियोग लागेका अनेरास्ववियु नेता राई जेल चलान

बलात्कारको अभियोग लागेका अनेरास्ववियु नेता राई जेल चलान

जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं - जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले राईलाई थुनामा पठाउने आदेश गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालयले राईलाई बलात्कार गरेको अभियोगमा सात देखि १० वर्षसम्म कैद सजाय माग गरेको थियो।

राईले कार्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो। आफ्नै साथीको बहिनीलाई भैलो खेल्न बोलाएर राइले बलात्कार गरेको आरोप लागेको छ।

उनलाई प्रहरीले १२ कार्त्तिकमा पक्राउ गरेको थियो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ।

प्रकाशित: Nov 22, 2019| 12:03 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।