आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घुस खाने ३ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस खाने ३ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट सेवाग्राहीबाट लिएको घुस रकमसहित बिभिन्न तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट सेवाग्राहीबाट लिएको घुस रकमसहित बिभिन्न तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुब्बा रमेशकुमार खड्का, शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलमा कार्यरत सव–इन्जिनियर सन्दीप पौडेलले र सोही कार्यालयका सवारी चालक विक्रम बस्नेतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

खड्का अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराएवाफत सेवाग्राहीबाट १५ हजार घुस रकम लिएपछि पक्राउ परेका थिए।

खड्काले सेवाग्राहीसँग ६० हजारबाट घुस रकम बार्गेनिङ गरी १५ हजार लिएको उजुरीका आधारमा आयोगको सुर्खेत कार्यालयबाट खटिइएको टोलीले रंगेहात पक्राउ गरेको थियो।

यस्तै सव–इन्जिनियर पौडेल र सवारी चालक बस्नेत विद्यालय भवन निर्माण सम्पन्न भई अन्तिम किस्ता रकम निकासा दिने क्रममा सेवाग्राहीबाट लिएको एक लाख २० हजार घुसर रकमसहित पक्राउ परेका थिए।

खड्का र पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ ले निर्देशन गरे अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजायको आधा सजाय हुन मागदाबी गरिएको छ।

बस्नेतले घुस रकम लिन मतियारको रुपमा काम गरेकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिम सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: Nov 22, 2019| 08:58 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।