आइतबार, साउन ३१, २०८३

देह व्यापारमा संलग्न होटल सञ्चालिका पक्राउ

बालिकालाई देह व्यापारमा लगाएको आरोपमा कैलालीको अत्तरीयाबाट एक होटल सञ्चालक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

धनगढी- बालिकालाई देह व्यापारमा लगाएको आरोपमा कैलालीको अत्तरीयाबाट एक होटल सञ्चालक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

गोदावरी नगरपालिका–२ अत्तरियाको राजु होटलकी सञ्चालिक गौरादेवी रानालाई बालिकालाई देह व्यापारमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाईदिने भन्दै देह व्यापारमा संलग्न गराएइको आरोपमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बालिकालाई होटलमा आउने पुरुष ग्राहकसँग जबरजस्ती अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोपमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

काठमाडौंमा काम खोजी रहेकी वालिकालाई अत्तरीया ल्याएर रानाले होटलमा कामदारको रुपमा राखेर देह व्यापार गराएको प्रहरीको दाबी छ।

रानाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 22, 2019| 08:51 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।