काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन्।
डेमोक्रेटिक लयर्स एसोसियसनको बार्षिक साधरणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले अध्यादेश नियुक्ती हुने कुनैपनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए। पौडेलले भने,‘म सम्माननीय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु, उहाँ यो संविधान अन्तर्गत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रीक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन्।’
पौडेलले संवैधानिक परिषद् गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खाले विषेश महत्व रहेको बताए। उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए।