आइतबार, साउन ३१, २०८३

नेपालगञ्जमा एनसेलको नयाँ एनसेल सेन्टर

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं । एनसेलले नेपालगञ्जको पुष्पलालचोक–२ मा बिहीबार नयाँ सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रममाझ उक्त सेन्टरको उद्घाटन गरेका थिए । उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत मंसिर ५ देखि मंसिर ७ गतेसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गतेसम्म उतm सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् ।

एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

प्रकाशित: Nov 22, 2019| 07:42 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्