काठमाडौं– भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन्।
उनलाई पाँच लाख रूपैयाँ घुससहित शुक्रबार कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।