उदयपुर– उदयपुरको एक घरमा आगलागी हुँदा बालकको ज्यान गएको छ।
जिल्लाको त्रियुगा नगरपालिका–१६, रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा उनको छोरा चार वर्षीय विष्णुबहादुर राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला आगलागी भएको थियो।
तीन बालबालिका घरमा खेलिरहेका बेला विष्णुले लाइटर बालेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए। आगलागी भएपछि दुई बालक भाग्न सफल भएको उनको भनाइ छ।
विष्णुको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।