आइतबार, साउन ३१, २०८३

रघुवीर मन्त्रीबाट हटेपछि मतदातामा खुसीयाली

महासेठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेपछि मतदाता मैनबत्ती बालेर खुसीयाली मनाएका हुन्।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

जनकपुरधाम- रघुवीर महासेठ मन्त्रीबाट हटेपछि उनकै क्षेत्रका मतदाताले दीपावली गरेर खुसीयाली मनाएका छन्।
महासेठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेपछि मतदाता मैनबत्ती बालेर खुसीयाली मनाएका हुन्।

महासेठ मन्त्रीबाट निकालिएपछि बिहीबार साँझ धनुषा–४ को लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा मतदाताले मैनबत्ती बालेर खुसीयाली मनाएका छन् ।
महासेठ चुनाव जितेर मन्त्री भइसकेपछि क्षेत्रको विकासका लागि केही गर्न नसकेको त्यसैले हटाइएपछि खुसीयाली मनाएको उनीहरुले बताएका छन्। महासेठलाई चुनाव जिताउन सहयोग गरे पनि क्षेत्रको विकासका लागि केही गर्न नसकेको उनीहरुको भनाइ छ।

‘उहाँलाई जिताउन हामीले खुलेरै सहयोग गर्यौं,’ स्थानीय राजकुमार मण्डलले भने, ‘तर अहिले उहाँ ३/४ जना कार्यकर्तालाई मात्र सहयोग गर्नुहुन्छ। ती व्यक्तिले हामीलाई धम्की दिने गरेका छन्। त्यसैले मन्त्रीबाट हटाइएपछि हामी खुसी भएका छौं।’

महासेठका केही कार्यकर्ता विकास निर्माणमा बाधक बत्रुका साथै बिनाकारण मुद्दामामिलामा फसाउने गरेकोले उनी मन्त्रीबाट हट्दा आफूहरुले खुसीयाली मनाएको साहले बताए।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट महासेठ तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। गत बुधबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए।

प्रकाशित: Nov 22, 2019| 05:46 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।