बिहीबार, असार ३२, २०८३

टी १० लिगमा पारस र सन्दीपको टीम आज प्रतिस्पर्धा गर्दै

युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिमबीच आज प्रतिस्पर्धा हुने भएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं- युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिमबीच आज प्रतिस्पर्धा हुने भएको छ।

पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीच आज प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

प्रतियोगितामा अवुधावी छैठौं स्थानमा छ भने टसकर्स पुछारमा। अंकतालिका अनुसार अवुधावीले पाँच खेलबाट चार अंक जोडेको छ। जारी प्रतियोगितामा एक खेलमा मात्रै जित हासिल गरेको अवुधावीले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ। यस्तै, अवुधावीको एक खेल रद्द भएको छ।

टसकर्सको पाँच खेलबाट तीन अंक छ। जारी प्रतियोगितामा एक खेलमा मात्रै जित हासिल गरेको टसकर्सले तीनमा पराजित भएको छ। यस्तै, टसकर्सको एक खेल रद्द भएको छ। 

जारी प्रतियोगितामा सन्दीप लगातार टिममा परेका छन् । उनले ५ खेलबाट ६ विकेट लिएका छन्। प्रतियोगिताअन्तर्गत डसकर्सको पहिलो खेलमा उनले एक विकेट लिए। यस्तै, दोस्रोमा दुई, चौथोमा एक र पाँचौं खेलमा दुई विकेट लिए। तेस्रो खेलमा भने उनी विकेटविहीन भए।

पारस भने तीन खेलमा मात्रै प्लेइन ११ मा परेका छन्। प्रतियोगिताअन्तर्गत अवुधावीको पहिलो खेलमा एक तथा दोस्रोमा तीन रनमा अविजित रहेका पारसले पाँचौं खेलमा पाँच रन बनाएका थिए।

 

प्रकाशित: Nov 22, 2019| 03:44 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।