आइतबार, साउन ३१, २०८३

बूढीगण्डकी प्रभावित धर्नामा, डा. भट्टराईले दिए साथ

 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै प्रभावित क्षेत्रका स्थानीय जिल्ला प्रशासन कार्यालय गोरखा अगाडि धर्ना बसेका छन् । धर्नामा पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए ।

बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका हुन् । भट्टराई गोरखा–२ बाट निर्वाचित सांसदसमेत हुन् ।

धर्ना बसेको फोटो ट्विटरमा राख्दै भट्टराईले भनेका छन् ‘बूढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना ! यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् ।’

प्रकाशित: Nov 21, 2019| 06:56 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।