काठमाडौं- नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीलाई शपथ गराएकी हुन्। नवनियुक्त मन्त्रीलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन्।
नवनियुक्त मन्त्रीमा नेकपा वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भुसाललाई कृषि मन्त्रालय, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गुरुङलाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, रायलाई श्रम र भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी तोकिएको छ।