काठमाडौं- श्रममन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफू मन्त्रिपरिषद्बाट बाहिरिँदा थप ऊर्जा र प्रेरणा मिलेको बताएका छन्।
फेसबुकमार्फत धन्यवाद व्यक्त गर्दै उनले आफू पदमा रहँदा इमानदारीपूर्वक ज्यामी माहुरीले जसरी काम गरेको उल्लेख गरेका छन् ।
वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक काम गरेकाे उनकाे दाबी छ ।
विष्टले प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन्– 'जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !'